२ सय २६ जना पत्रकारले लगाए भेरोसेल खोप

रासस

आइतबार, ०६ असार २०७८, १७ : ५१
२ सय २६ जना पत्रकारले लगाए भेरोसेल खोप

काठमाडौं । चीनबाट अनुदानमा प्राप्त भएको  कोभिड–१९ विरुद्धको भेरोसेल खोप आज नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाबाट २ सय २६ पत्रकारले लगाएका छन् । फ्रन्ट लाइनमा खटिने पत्रकारको स्वास्थ्यलाई ध्यानमा राखी उक्त कार्यक्रम अघि बढाइएको हो ।

ललितपुर शाखामा सदस्य रहेका कूल ४ सय ७३ पत्रकारमध्ये २ सय २६ ले पहिलो डोजको भेरोसेल खोप लगाएका ललितपुर शाखाका अध्यक्ष सागर न्यौपाने जानकारी दिए ।

उनले भने, “१८३ पुरुष र ४३ महिला पत्रकारले खोप लगाउनुभयो । दोस्रो डोजको खोप भने चार हप्तापछि लगाइने वातावरण मिलाउने छौँ ।” ललितपुर शाखामा आबद्ध कूल सङ्ख्यामा बाँकी २४७ ले भने कोभिड सिल्ड खोप लगाइसकेको जनाइएको छ  ।
 

प्रतिक्रिया दिनुहोस