काठमाडौं । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरले २०७७ असार १ गते निर्वाचन आयोगमा पठाएको कागजात किर्ते, जालसाजी र नक्कली भएको बताएको छ।
यादव पक्षबाट पार्टीका प्रचार विभाग प्रमुख डम्मर खतिवडाले शनिबार प्रेस विज्ञप्ति जारी गरी २०७७ पुस ७ गतेको बैठकमा कार्यकारिणी हेरफेर, प्रमाणीकरण तथा आधिकारिक पत्राचारको अधिकार दिएको विषयमा कुनै निर्णय नभएको भन्दै हुँदै नभएको निर्णयलाई निर्णय भएको भनी महन्थ ठाकुरले आयोगमा झुटा विवरण र नक्कली चिठी पठाएकोे बताएका छन्।
‘हुँदै नभएको निर्णयलाई निर्णय भनी २०७८ असार १ गते निर्वाचन आयोगमा झुटा विवरण लेखी किर्ते र जालसाजी गरी निर्णय गरेको भनी महन्थ ठाकुरले निर्वाचन आयोगमा पत्र दर्ता गराएका छन्,’ विज्ञप्तिमा भनिएको छ, ‘नक्कली बैठक पुस्तिका तयार गरी गरिएको कार्य अनैतिक, गैरकानुनी र दण्डनीय हो।’
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
आइतबार, ०६ असार २०७८, ०७ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तरिम सरकार निर्वाचन गराउनेतर्फ गम्भीर छैन : उपेन्द्र यादव
उपेन्द्र नेतृत्वको जसपाले विचार मिल्ने दलसँग एकता र जेनजीसँग सहकार्य गर्ने
अन्तरिम सरकारको नेतृत्वमा सुशीला कार्कीलाई सिफारिस गर्नु सकारात्मक : उपेन्द्र यादव
संविधान कार्यान्वयनको गतिप्रति उपेन्द्र यादवले जनाए असन्तुष्ट
नेपालको सङ्घीयताले यहाँको विविधतालाई सम्बोधन गर्न सकेन : उपेन्द्र यादव
उपेन्द्र यादवको प्रश्नः दरबार हत्या काण्ड कसले गरायो ?