महन्थ ठाकुरले किर्ते जालसाजी गरेर निर्वाचन आयोगमा फर्जी पत्र दर्ता गरेः उपेन्द्र यादव

सफल खबर संवाददाता

शनिबार, ०५ असार २०७८, १८ : ०१
महन्थ ठाकुरले किर्ते जालसाजी गरेर निर्वाचन आयोगमा फर्जी पत्र दर्ता गरेः उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीका अध्यक्ष महन्थ ठाकुरले किर्ते जालसाजी गरेर निर्वाचनमा आयोगमा फर्जी पत्र दर्ता गरेको आरोप लगाएको छ ।

यादव पक्षका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले शनिवार प्रेस विज्ञप्ति जारी गर्दै हुँदै नभएको निर्णयलाई निर्णय भनी महन्थ ठाकुरले निर्वाचन आयोगमा झुठा विवरण दर्ता गराएको आरोप लगाएका छन् ।

जसपा अध्यक्ष ठाकुरले शुक्रवार निर्वाचन आयोगलाई २०७७ पुस ७ गतेको बेठकबाट कार्यकारिणी समिति हेरफेर, प्रमाणीकरण र पार्टीको आधिकारिक पत्राचारको अधिकार आफूलाई दिएको माइन्युट सहितको पत्र दर्ता गराएका थिए ।

विज्ञप्तिमा भनिएको छ, ‘निर्वाचन आयोग,पार्टी पंक्ति र आमजनतालाई गुमराह गर्ने उद्देश्यले यस्ता नक्कली बैठक पुस्तिका तयार गरी गरिएको कार्य अनैतिक,गैरकानूनी तथा दण्डनीय कार्य हो ।’


 

प्रतिक्रिया दिनुहोस