सर्लाहीमा टिपरको ठक्करबाट संचारकर्मीको मृत्यु

सफल खबर संवाददाता

शनिबार, ०५ असार २०७८, ११ : ०२
सर्लाहीमा टिपरको ठक्करबाट संचारकर्मीको मृत्यु

काठमाडौं । सर्लाहीमा टिपरको ठक्करबाट एक संचारकर्मीको मृत्यु भएको छ । हरिपुर्वा नगरपालिका वडा नम्बर ८ स्थित वसन्तपुर मुखिया चोकमा हरिपूर्वा तर्फ जाँदै गरेको टिपरले विपरीत दिशा तर्फबाट आउँदै गरेको ज ७ प ९०४२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकल चालक महोत्तरी स्थित जुनतारा एफएममा कार्यरत संचारकर्मी अर्जुन कुशवाहा महतोको मृत्यु भएको छ । संचारकर्मी महतोको घटनास्थलमै मृत्यु भएको सर्लाही प्रहरीले जनाएको छ । उनको मृत्युपछि आक्रोशित स्थानीयले टिपरमा आगजनी समेत गरेका छन् ।

टिपर चालक भने सर्लाही प्रहरीको नियन्त्रणमा रहेको जनाएको छ । यता नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ ले संचारकर्मी महतोको घटनाको छानबिन गरी दोषी उपर कारवाही तथा उचित क्षतिपूर्तिको व्यवस्थापन गर्न माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस