काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ५५ सदस्सीय केन्द्रीय निर्देशन र २५ सदस्सीय विशेष समिति गठन गरेको छ । पार्टी सञ्चालन का लागि पार्टीले यी दुई समिति गठन गरेको हो ।
समितिमा तत्काली राप्रपा र राप्रपा संयुक्तबाट समेटिएको छ भने कमल थापा पक्षले भागबण्डाको आधारमा केही थप सदस्य पाएको छ । समितिले विधानको परिधिभित्र रहेर पार्टीको वैचारिक, साँगठनिक र अन्य महत्वपूर्ण बिषयमा पार्टीलाई मार्गनिर्देश गर्ने सो पार्टीले शुक्रबार जानकारी दिएको छ ।
अब समितिको बैठक नवसेको अवस्थामा निर्देशन समितिले गर्नु पर्ने निर्णयहरु केन्द्रीय विशेष समितिले गर्नेछ । दुवै समितिमा पार्टीका संस्थापक अध्यक्ष तथा पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द पदेन सदस्य रहनु रहनेछन् भने यस अघि गठन गरिएको सचिवालय कार्य व्यवस्था समिति खारेज गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ असार २०७८, २० : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग