काठमाडौं । सञ्चार क्षेत्रका विज्ञले सामाजिक सञ्जाललाई व्यवस्थित गर्नुपर्ने सुझाव दिएका छन् ।
प्रेस काउन्सिल नेपालले आज आयोजना गरेको ‘अनलाइन टिभी, (युट्युबलगायत सामाजिक सञ्जाल) र अनलाइन मिडियालाई कसरी व्यवस्थित गर्ने’ विषयक अन्तरक्रियामा सञ्चार विज्ञ तथा सरोकारवालाले नियमन र निर्देशनसँगै मिडियालाई जिम्मेवार बनाउनुपर्ने सुझाव दिएका हुन् ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले ती मिडियाबाट आउने अडियो÷भिडियो सामग्रीमा पत्रकारिता भए÷नभएकोबारे बहस गर्नुपर्ने आवश्यकता औँल्याए । सत्यतथ्य सूचना र समाचारको सम्प्रेषणबाट समाजमा सकारात्मक सञ्चार गराउन इन्टरनेटबाट दिइने सामग्रीलाई कसरी व्यवस्थित गराउने भन्ने सम्बन्धमा काउन्सिलले छलफल शुरु गरेको जानकारी दिए ।
पत्रकार भुवन केसीले सञ्चारकर्मी र पत्रकार फरक भएको भन्दै सोसियल मिडिया र पत्रकारिता बेग्लै भएकाले सबै युट्युबरले पत्रकार नै बन्न खोजेको हो होइन बुझ्नुपर्ने बताए ।
अनलाइन टिभी पत्रकार सङ्घका अध्यक्ष जीवन भण्डारीले सोसियल मिडियालाई जिम्मेवारीबोध गराउनुपर्ने बताए । अनलाइन पत्रकार सङ्घका अध्यक्ष शिव सत्यालले इन्टरनेटको प्रयोगबाट विभिन्न एप्स र सञ्जालमा आउने अडियो÷भिडियो पत्रकारिताभित्र नपर्ने उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस
रासस
विहीबार, ०३ असार २०७८, २० : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामाजिक सञ्जालमा मात्रै उम्मेदवारहरुले गरे १ करोड ५६ लाख खर्च
प्रहरीले बढायो सामाजिक सञ्जालमा उच्च निगरानी
फ्रान्समा १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
सरकारले खुलायो सामाजिक सञ्जाल
यी हुन् नेपालमा दर्ता भएका र नभएका सामाजिक सञ्जाल (सूचीसहित)