जनकपुरमा अक्सिजन प्लान्ट स्थापना

सफल खबर संवाददाता

विहीबार, ०३ असार २०७८, १३ : २३
जनकपुरमा अक्सिजन प्लान्ट स्थापना

जनकपुरधाम ।जनकपुरमा अक्सिजन उत्पादन शुरू भएको छ ।एसआरजे ग्रुपले जनकपुरधाम उपमहानगरपालिका २३ मा अक्सिजन प्लान्ट स्थापना गरेको हो ।

मुख्यमन्त्री लालबाबु राउतले प्लान्टको उद्घाटन गरे । उनले उद्योग स्थापनाले जनकपुरमा अक्सिजन अभाव नहुने विश्वास जनाए । ७ करोड लगानीमा स्थापना गरिएको प्लान्टले दैनिक ४५० सिलिन्डर अक्सिजन उत्पादन गर्ने उद्योगले जनाएको छ ।

जनकपुरमा संचालित अस्पतालहरूमा अहिले दैनिक करिब २ हजार सिलिण्डर खपत हुन्छ । धनुषामा अहिले ढल्केवरमा रहेको ग्याँस उद्योगबाट र वीरगञ्ज, विराटनगरसहितका ठाउँबाट अक्सिजन आपूर्ति हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस