बलिउडका स्टारहरुको प्रस्तुति गर्दै आइपीएलको शुरुवात

एजेन्सी

आइतबार, २५ चैत्र २०७४, १६ : २३
बलिउडका स्टारहरुको प्रस्तुति गर्दै आइपीएलको शुरुवात

मुम्बई । शनिबार मुम्बईको वानखेडे स्टेडियममा आइपीएलको ११ औँ सिजनको  शुरुवात भएको छ ।

सबैभन्दा पहिले वरुण धवनले प्रस्तुति दिएका थिए भने उनीसँगै प्रभु देवाले धुम मच्चाएका थिए । त्यसपछि बाहुवलीकी तमन्ना भाटियाले आफ्नो प्रस्तुति दिइन् । उनीसँगै मीका, ज्याकलिन र ऋतिक रोसनले पनि आ–आफ्नो प्रस्तुति दिए ।

५१ करोड पुरस्कार राशी भएको प्रतियोगिताको पहिलो खेलमा मुम्बई इन्डियन्स र चेन्नई सुपरकिङ्गस भिडेका थिए । निकै रोमाञ्चक भएको सो खेलमा चेन्नाईले मुम्बईलाई १ विकेटले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस