बाढी प्रभावित समुदायलाई सहयोग गर्न माओवादी केन्द्र चितवनको अपिल

सफल खबर संवाददाता

बुधबार, ०२ असार २०७८, १७ : ३०
बाढी प्रभावित समुदायलाई सहयोग गर्न माओवादी केन्द्र चितवनको अपिल

चितवन । नेकपा माओवादी केन्द्र चितवनले जिल्लामा विभिन्न ठाउँमा गएको बाढीपहिरोबाट प्रभावित भएका समुदायलाई सहयोग गर्न अपिल गरिएको छ ।

केन्द्रका अध्यक्ष यमबहादुर परियार इन्द्रजितद्वारा निकालिएको विज्ञप्तिमा नारायणी राप्ती, रिउलगायतका अन्य खोलाहरुमा आएको बाढीबाट छेउछाउका जनजीवन प्रभावित बनेको हुनाले तत्काल उद्धार, सहयोग र अन्य सेवाभावमा जुट्न सम्पूर्ण पार्टी पंक्तिलाई आग्रह गरिएको छ ।

विज्ञप्तिमा केपी ओली नेतृत्वको सरकारले मौसमविद्को पूर्वसूचना र सुझावलाई बेवास्ता गरेका कारण यस्तो विपत्ति झेल्नपरेको बताउँदै सरकारको गैरजिम्मेवार रबैयाको विरोध गरिएको छ । 

प्रतिक्रिया दिनुहोस