काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी पहिरो प्रभावित क्षेत्रमा युद्धस्तरमा उद्धार र राहतका लागि सरकारसंग अपिल गरेका छन् ।
आज प्रेस विज्ञप्ती जारी गर्दै उनले विभिन्न जिल्लामा बाढी पहिरोले ठूलो जनधनको क्षति भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै युद्धस्तरमा उद्धार र हराएकाहरुको खोजीमा सक्रियताका साथ लाग्न आग्रह गरेका हुन् ।
विज्ञप्तीमा भनिएको छ–‘युद्धस्तरमा उद्धार, हराएकाहरुको खोजी, मानिसहरूलाई सुरक्षित स्थल तर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न म सरकारलाई आग्रह गर्दछु ।,
स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन गरिसकिएको भन्दै देउवाले पार्टीका नेता कार्यकर्तालाई ब्यवस्थित ढंगले कार्य गर्न थप आग्रह गर्दै यो विपत्तिको सामना संयम र एकतापूर्वक गर्न अपिल गरेका छन्। तीन वटै तहका सरकारहरुलाई जरुरी समन्वय र ब्यवस्थित योजना साथ आवश्यक सम्पूर्ण तयारी गर्न उनले अपिल गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ असार २०७८, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सांसदको प्रश्न- अख्तियार प्रमुखलाई प्रधानमन्त्री कार्यालयमा थुनेर पक्राउ पुर्जी जारी गर्न लाएको कुरा के हो ?
सभामुखको भूमिकामा कांग्रेस सांसदले प्रश्न उठाएपछि रास्वपाको आपत्ति
मन्त्री लम्सालको अभिव्यक्तिमाथि काँग्रेसको प्रश्न : जिम्मेवार पदमा बसेर भौतिक कारवाहीको भाषा किन ?
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप