काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी पहिरो प्रभावित क्षेत्रमा युद्धस्तरमा उद्धार र राहतका लागि सरकारसंग अपिल गरेका छन् ।
आज प्रेस विज्ञप्ती जारी गर्दै उनले विभिन्न जिल्लामा बाढी पहिरोले ठूलो जनधनको क्षति भएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै युद्धस्तरमा उद्धार र हराएकाहरुको खोजीमा सक्रियताका साथ लाग्न आग्रह गरेका हुन् ।
विज्ञप्तीमा भनिएको छ–‘युद्धस्तरमा उद्धार, हराएकाहरुको खोजी, मानिसहरूलाई सुरक्षित स्थल तर्फ स्थानान्तरण, घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न म सरकारलाई आग्रह गर्दछु ।,
स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन निर्देशन गरिसकिएको भन्दै देउवाले पार्टीका नेता कार्यकर्तालाई ब्यवस्थित ढंगले कार्य गर्न थप आग्रह गर्दै यो विपत्तिको सामना संयम र एकतापूर्वक गर्न अपिल गरेका छन्। तीन वटै तहका सरकारहरुलाई जरुरी समन्वय र ब्यवस्थित योजना साथ आवश्यक सम्पूर्ण तयारी गर्न उनले अपिल गरेका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०२ असार २०७८, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस-एमाले शीर्ष नेताहरूको बैठक सुरु
काँग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बानियाँ निर्वाचित
कांग्रेस बाग्मती प्रदेश संसदीय दलको नेतामा लामा र बानियाँबीच प्रतिस्पर्धा हुने
बागमती कांग्रेस संसदीय दलको नेतामा लामाले गराए उम्मेदवारी दर्ता
प्रदेश संसदीय दलको नेताका लागि बानियाँको मनोनयन
बागमती कांग्रेसमा किचलो : दल नेता छान्न आज चुनाव, लामा पक्षले सार्ने उम्मेदवार को ?