सिन्धुपाल्चोकको हेलम्बुमा बाढीपहिरोमा परि ७ जनाको मृत्यु

सफल खबर संवाददाता

बुधबार, ०२ असार २०७८, ०८ : ३९
सिन्धुपाल्चोकको हेलम्बुमा बाढीपहिरोमा परि ७ जनाको मृत्यु

काठमाडौँ । सिन्धुपाल्चोकको हेलम्बुमा गएको लेदोसहितको बाढी तथा पहिरोमा परि सातजनाको मृत्यु भएको छ। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलका अनुसार हेलम्बुमा लेदोसहितको बाढी तथा पहिरोका कारण सातजनाको मृत्यु भएको हो।

उनका अनुसार अहिलेसम्म मानवीय हताहती सातजनाको भएपनि  बेपत्ता अझैं पनि केही सम्पर्कमा आएका छैनन् । लेदोसहितको बाढी देखेपछि सुरक्षाका लागि जंगल तिर गएकाहरु सम्पर्कमा नआउँदा बेपत्ता भएका हुन् कि भन्ने आशंका थियो। अहिले केही स्थानीयहरु सम्पर्कमा आएका छन्।

लेदोसहितको बाढी तथा पहिरोले केही माछा फर्ममा क्षति गरेको पनि उनले बताए। सुरक्षा फौजका पोस्टहरु बगाएको र केही पुलमा समेत क्षति गरेको पनि उनले जानकारी दिए।

‘मेलम्चीमा अहिलेसम्म मानवीय क्षतिको विवरण आएको छैन । उद्धार गर्नुपर्ने देखिएको छ,’ उनले भने, ‘उद्धारका लागि पहल गर्दैछौं । 

प्रतिक्रिया दिनुहोस