यस्ता छन् सिन्धुपाल्चोकले २०७१ साल यता ब्यहोरेका ११ ठूला बिपत्ति

सफल खबर संवाददाता

बुधबार, ०२ असार २०७८, ०७ : ४७
यस्ता छन् सिन्धुपाल्चोकले २०७१ साल यता ब्यहोरेका ११ ठूला बिपत्ति

तस्बिर: आदित्य दाहाल

काठमाडौं । सिन्धुपाल्चोकले २०७१ सालयता निरन्तर ठूला ठूला प्राकृतिक विपत्ति भोगिरहेको छ । २०७६ सालमा वाहेक २०७१ सालदेखि प्रत्यके वर्ष नै सिन्धुपाल्चोकले पप्राकृतिक बिपत्ति भोगिरहेको छ ।

जसमध्ये २०७७ मा त एकै वर्षमा पनि पटक पटक सिन्धुपाल्चोकले प्राकृतिक बिपत्तिको चर्काे सामना गर्नुपर्‍यो  ।

यस्तो छ अहिलेसम्म सिन्धुपाल्चोकले ब्यहोरेको प्राकृतिक बिपत्ति
०७१ साउन १७ गतेको जुरे पहिरोमा परी १ सय ४५ जनाको मृत्यु, घर, विद्युत गृह, विद्यालय, रिसोर्ट, निजी व्यापारिक फर्म समेत १५३ घर पूर्णरूपमा क्षति

२०७२ बैशाख १२, १३ र २९ गतेको विनाशकारी भूकम्पका कारण ३ हजार ५ सय ७१ जनाको मृत्यु भयो, १ हजार ५ सय ६५ जना घाइते, ८ जना बेपत्ता,  ७८ हजार ५ सय ३७ घर पूर्ण रुपमा क्षति

०७३ असार २१ गतेको भोटेकोशी बाढीले लिपिङ बजारका ३० घर बगायो, तातोपानी नयाँ बस्तीका ३० घरमा क्षति पुग्यो, अरनिको राजमार्ग बन्द

२०७४ साउन ८ गते रातीको पहिरोले लार्चा पुल बगाउँदा भोटेकोशी र तातोपानीको सम्पर्क विच्छेद बन्यो, अरनिको राजमार्ग अबरुद्ध

२०७५ भदौ २ गते राती साँधी खोलामा आएको पहिरोले पक्कीपुल बगायो, पहिरोले २२ घरमा लेदो पस्यो, १२ घर जोखिममा परे

२०७७ असार २४ गते राती बाह्रबिसे नगरपालिका वडा नं ५ को जम्बु बजार पहिरोले पुरिँदा २ जनाको मृत्यु, १७ जना वेपत्ता, २५ घर बस्न नमिल्ने गरी क्षतिग्रस्त, बाह्रबिसे कै खागदलमा बाढी पहिरोले बस्ती पुरिँदा २२ घर क्षतिग्रस्त बन्यो । भोटेकोशी गाउँपालिकाको बुल्कुटे पहिरोले एक जनाको मृत्यु भयो, तीन जना बेपत्ता, लार्चामा पहिरोले १३ घर क्षतिग्रस्त भएपछि गाउँ नै विस्थापित । अरनिको राजमार्गका खागदल र बुल्कुटेको दुईवटा पक्कीपुल क्षतिग्रस्त, लार्चाका विस्थापितलाई तातोपानीस्थित ड्राइपोर्टमा राखियो ।  

२०७७ असार ३१ गते राती भोटेकोशी गाउँपालिकाको फुल्पिङगाउँमा खसेको पहिरोले एकै परिवारका ५ जनाको मृत्यु  भयो, ३ घर पूर्ण रुपमा क्षतिग्रस्त बन्यो ।

२०७७ साउन १८ राती मेलम्ची नगरपालिकाको मेलम्ची बजार नजिकैको पहिरोमा परी ९ जना मजदुरको मृत्यु , सोहि रात बरुवामा घर पुरिएर २ जनाको मृत्यु भयो । 
  

२०७७ साउन २२ गतेको अविरल बर्षाका कारण चौतारा साँगाचोकगढी नगरपालिका २ सेराफाँटमा ४ घर पुरिएर क्षति । बलेफी कात्तिके सडक अबरुद्ध । सयौं रोपनी धानखेत बगायो ।

२०७७ साउन ३० विहान जुगल गाउँपालिकाको वडा नं २, गोल्चेस्थित लिदीमा गएको भीषण पहिरोमा ३७ घर पुरियो । पहिरोले पुरिएर बेपत्ता भएका ३९ जनाको मृत्यु ।

२०७८ साल असार १ गते साँझ देखि सिन्धुपाल्चोकको मेलम्ची, इन्द्रावती, ब्रम्हायणी र भोटेकोशीमा भीषण बाढी । मेलम्ची खोलाले तिम्बु, चनौटे र मेलम्ची बजारमा ठूलो क्षति ।  नदी तटीय क्षेत्रबाट ५० हाराहारीमा मानिस सम्पर्क विहिन भएको प्रहरीको भनाई, मानवीय क्षतिको विस्तृत विवरण आउन बाँकि । इन्द्रावतीले मेलम्ची नवलपुर जोड्ने पक्कि पुल बगायो । मेलम्ची बजारमा पनि ठूलो क्षति ।

फाइल फोटो

प्रतिक्रिया दिनुहोस