काठमाडौं । सर्वोच्च अदालतले बन्दाबन्दीको समयमा कर तिर्नुपर्ने विषयमा यसअघि आफैंले दिएको अन्तरिम आदेश परिवर्तन गर्दै अर्थ मन्त्रालयलाई निर्णय गर्ने जिम्मा दिने आदेश गरेको छ।
न्यायाधीशहरू आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले अर्थ मन्त्रालयले आर्थिक ऐनबमोजिम निर्णय गरी प्रकाशित गर्ने सूचनामा उल्लेख भएको अवधिसम्मको लागि मात्र कर विवरण र कर दाखिला गर्न मंगलबार आदेश दिएको हो।
यही जेठ ६ मा सर्वोच्चले बन्दाबन्दी पूर्ण रूपमा खुलेको एक महिनापछि मात्रै कर बुझाउन मिल्ने गरी व्यवस्था गर्न सरकारलाई अन्तरिम आदेश दिएको थियो।
न्यायाधीश मीरा खड्काको एकल इजलासले बन्दाबन्दी पूर्णरूपमा खुलेको ३० दिनपछि मात्रै मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला नगरेमा जरिबाना नगर्न यस अघि आदेश गरेको थियो। त्यस विरुद्ध अर्थ मन्त्रालयले आदेश खारेजको माग गर्दै भ्याकेटको निवेदन दर्ता गरेको थियो।
सर्वोच्चले ‘अर्थ मन्त्रालयले आर्थिक ऐन बमोजिम निर्णय गरी प्रकाशित गर्ने सूचनामा उल्लेख भएको अवधिसम्मको लागि मात्र कर विवरण र कर दाखिला नगरेमा जरिवाना असुल नगर्नु नगराउनु’ मंगलबारको आदेशमा भनेको छ। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
बुधबार, ०२ असार २०७८, ०७ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विवादास्पद डोल्मालाई कर छुट : निर्णय भयो, तर मुख्यसचिवले प्रमाणिकरण नगरिदिँदा कार्यान्वयन अड्कियो
अमेरिकाले आजदेखि भारतलाई लगायो ५० प्रतिशत कर
सुनचाँदीमा लगाउने घोषणा गरिएको कर फिर्ता गर्न माग
मदिरा र सुर्तीजन्य वस्तुको करका दरमा धेरै हेरफेर : अन्तःशुल्कमा परिवर्तन
अमेरिकी करको पछिल्लो निर्णय स्मार्टफोन र कम्प्युटरमा लागु नहुने
ट्रम्पले दोहोर्याए ब्रिक्स राष्ट्रहरूलाई शत प्रतिशत कर लगाउने धम्की