अफगानिस्तानको सुरक्षा कारबाहीमा २२ लडाकू मारिए

आइतबार, २५ चैत्र २०७४, १५ : ०९
अफगानिस्तानको सुरक्षा कारबाहीमा २२ लडाकू मारिए

अफगानिस्तान । अफगानिस्तानको दक्षिणी उरुज्गान प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा २२ जना लडाकू मारिएका छन् ।

सरकारी अधिकारीले आइतबार दिएको जानकारीअनुसार घटनामा परी अरु दश जना तालिवान लडाकू घाइते भएका छन् । उनीहरुलाई अमेरिका र नाटो नेतृत्वको गठबन्धन सेनाले हवाई आक्रमण गरेको अधिकारीले बताएका छन् ।

शनिबार राति अबेर खास उरुज्गान जिल्लामा उनीहरुले सुरक्षा कारबाही सुरु गरेको सरकारी अधिकारीहरुद्वारा जारी वक्तव्यमा जनाइएको छ ।
यस घटनामा परी कुनै आम नागरिकको मृत्यु वा घाइते भने नभएको वक्तव्यमा स्पष्ट पारिएको छ ।(रासस/सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस