काठमाडौं । आइतबार र सोमबार लगातार बढेको सेयर बजारमा मंगलबार भने ‘करेक्सन’ देखिएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले घटेको छ ।
नेप्से परिसूचक ३ दशमलव ७२ अंकले घटेर ३ हजार २२ दशमलव ११ अंकमा झरेको छ । उता ‘क’ वर्गका कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स भने ०.२५ अंकले बढेको छ ।
यसअ अघि आइतबार नेप्से परिसूचक २ हजार ९ सय ८३ मा पुगेको रेकर्ड कायम भएके थियो । तर आइतबारको रेकर्ड सोमबारसम्म पनि टिक्न सकेन । सोमबार ३ हजार भन्दा माथि पुगेर नेप्से परिसूचकले ऐतिहासिक रेकर्ड कायम गरेको थियो ।
नेप्से परिसूचकमा करेक्नसन देखिए पनि कारोबार रकममा भने उल्लास नै देखिएको छ । कारोबार रकम १६ अर्ब ५२ करोड ८७ लाख रूपैयाँ भन्दा धेरै भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०१ असार २०७८, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सामान्य अंकले बढ्यो सेयर बजार
१६ अंकले बढ्यो सेयर बजार
१८.४० अंक घट्यो सेयर बजार
सेयर बजार २५२८ मा झर्यो
सेयर बजारका सबै सूचक बढे
सेयर बजारमा भारी गिरावट