युरोकप

स्पेन र स्विडेनबिचको खेल गोलरहित बराबरीमा

एजेन्सी

मंगलबार, ०१ असार २०७८, ०८ : ०४
स्पेन र स्विडेनबिचको खेल गोलरहित बराबरीमा

एजेन्सी । स्पेनले युरोकप को समूह ‘ई’ को खेलमा सोमबार स्विडेनसँग गोलरहित बराबरी खेलेको छ । खेलमा पूर्णतः नियन्त्रण राखे पनि स्पेनले गोल निकाल्न नसकेको हो ।

लुइस एनरिकको टिमले खेलमा लगातार आक्रमण गरेको थियो । जवाफमा स्विडेनले बलियो रक्षात्मक रणनीति तेर्स्याएको थियो । यसै समूहको यसअघिको खेलमा स्लोभाकियाले पोल्यान्डलाई २–१ ले हराएको थियो । 

समूह ई कै अर्को खेलमा स्लोभाकियाले पोल्याण्डलाई २–१ ले पराजित गरेको छ। स्लोभाकियाले एक गोल उपहारमा पायो भने अर्को एक गोल आफै गरेको हो । पोल्याण्डले एक गोल फर्कायो भने एक खेलाडी दोहोरो पहेँलो कार्ड पाएर मैदानबाट बाहिरिए ।

प्रतिक्रिया दिनुहोस