युरो २०२०: सेकको दुई गोलमा चेक गणतन्त्र विजयी

एजेन्सी

सोमबार, ३१ जेठ २०७८, २१ : ०४
युरो २०२०: सेकको दुई गोलमा चेक गणतन्त्र विजयी

काठमाडौं । बायर लेभरकुजनका फरवार्ड प्याट्रिक सेकले गरेको दुई गोलको मद्दतले चेक गणतन्त्रले सोमबार युरो २०२० को समूह ‘डी’ को खेलमा स्कटल्यान्डलाई २–० ले हराएको छ । यो जितपछि चेक टिमले समूहमा सुरुआती शीर्ष स्थान पनि कब्जा गरेको छ ।

]स्कटल्यान्डको घरेलु मैदानमा भएको खेलको पहिलो हाफ सकिन तीन मिनेट बाँकी रहँदा शिकले गोल गर्दै भ्रमणकारी चेक टोलीलाई अग्रता दिलाएका थिए ।

प्रतिस्पर्धात्मक खेलको ५२औं मिनेटमा स्कटल्यान्डले अट्याक गरिरहेको थियो । तर, सोही समयमा चेक खेलाडीले क्लियर गरेको बलमा शिकले मैदानको बीचभागबाट गरेको प्रहारले सोझै जाली चुमेको थियो ।

प्रतिक्रिया दिनुहोस