युरोकप हेर्दै झगडा गर्ने खेलाडी र होटल संचालक पक्राउ, जरिवाना पछि रिहा

सफल खबर संवाददाता

सोमबार, ३१ जेठ २०७८, १० : १२
युरोकप हेर्दै झगडा गर्ने खेलाडी र होटल संचालक पक्राउ, जरिवाना पछि रिहा

काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरस्थित युनाइटेड बिजनेश होटलमा युरोकप फुटवल हेर्दा विवाद गरेर झगडा गर्ने खेलाडी र होटल संचालकलाई स्थानीय प्रशासनले जरिवाना गरेको छ ।

जेठ ३० गते विहान ३ बजेतिर झगडा परेको सूचना आएपछि क्रोएसिया र अजरबैजान घर भएका विदेशी फुटवलरसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।

युनाइटेड बिजनेस होटलका संचालक भोजपुर घर भएका अश्विन श्रेष्ठ सहितलाई प्रहरीले पक्रेर जिल्ला प्रशासन कार्यालयमा बुझाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रमेश बस्नेतले बताए ।

प्रतिक्रिया दिनुहोस