काठमाडौं । सर्वोच्चले पुर्नबहाली गरेको केही दिन नबित्दै राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई फेरि कारबाही गरेको छ ।
बिहिबार हिजो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत लिँदा विपक्षमा मतदान गर्न पार्टीले जारी गरेको हृवीप उल्लंघन गरेको भन्दै जनमोर्चाले थापालाई पार्टी सदस्य समेत नहरने गरी फेरी कारबाही गरेको हो । प्रदेशसभाको आज शुक्रबार बस्ने बैठकमा थापालाई पदमुक्त गरेको सूचना दिने तयारी छ ।
यसअघि जनमोर्चाले हृवीप उल्लंघन गरेको भन्दै २० जेठमा पनि थापालाई प्रदेशसभा सदस्यबाट पदमुक्त गरेको थियो । तर थापाले वैशाख १२ मा जारी भएको निर्देशन १५ गतको मतदानका लागि भएको र २७ गते हुने भनिएको मतदान मुख्यमन्त्रीको राजीनामाका कारण परिस्थिति परिर्वतन भएकाले पुरानो हृवीप नलाग्ने भएकाले आफूमाथि भएको कारबाही त्रुटिपूर्ण भएको दाबी गर्दै अदालत गएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ जेठ २०७८, १२ : ११
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापान लक्षित भाषा परीक्षणसम्बन्धी रिट निवेदन सर्वोच्चबाट अस्वीकृत
काँग्रेस पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम किन भयो स्थगित ?
कांग्रेसका पूर्वसांसदहरू सर्वोच्च जाने कार्यक्रम स्थगित
आधिकारिकताको माग गर्दै देउवा पक्ष सर्वोच्चमा
पार्टीको आधिकारिकता दाबी गर्दै कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै
संसद् पुनः स्थापनाका लागि एमाले सर्वोच्च जाने