म्यानमारमा सैनिक जहाज दुर्घटना, १२ जनाको मृत्यु

एजेन्सी

विहीबार, २७ जेठ २०७८, ११ : ५७
म्यानमारमा सैनिक जहाज दुर्घटना, १२ जनाको मृत्यु

फाइल फोटो

एजेन्सी । म्यानमारमा एक सैनिक जहाज दुर्घटना भएको छ। दुघर्टना पश्चात त्यसमा सवार १२ जनाको मृत्यु भएको छ । 

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार बिहीबार बिहान  म्यानमारको दोस्रो ठूलो सहर मन्डालयनजिकै सैनिक जहाज दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको हो ।

जहाजमा कोको थिए भन्ने खुलिसकेको छैन। १६  सिटे उक्त जहाजमा ६ जना सैनिक अधिकारी पनि सवार थिए। म्यानमारको सेनाले गत फेब्रुअरी १मा जननिर्वाचित सरकारलाई अपदस्त गरेर कूमार्फत् सत्ता हत्याएको थियो ।

सैनिक कूको विरोधमा भएका प्रदर्शनका क्रममा अहिलेसम्म सयौं नागरिकको मृत्यु भएको छ ।  

प्रतिक्रिया दिनुहोस