एजेन्सी । भारतको उत्तर प्रदेशमा सवारी दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । कानपुरमा गएराति यात्रुबस र लोडर ठोक्किँदा भएको दुर्घटनामा थप १० जना घाइते छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार लखनउबाट दिल्लीका लागि छुटेको बस र लोडर जुधेका हुन् । मृत्यु हुनेहरु धेरैजसो लोडरमा सवार मजदुर छन् । घाइतेको कानपुर र इलाहाबादका अस्पतालमा उपचार भइरहेको छ ।
दुर्घटनामा मृत्यु हुनेका परिवारलाई प्रदेश सरकारले दुई(दुई लाख रुपैयाँ राहत दिने घोषणा गरेको छ । यस्तै प्रधानमन्त्री नरेन्द्र मोदीले पनि मृतकका प्रति परिवारलाई दुई-दुई लाख रुपैयाँ दिने र घाइतेलाई ५० हजार भारतीय रुपैयाँ दिने घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २६ जेठ २०७८, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भारतको काश्मिरमा प्रहरी चौकीभित्र विस्फोट: सात जनाको मृत्यु, ३० घाइते
नेपालले भारतलाई हरायो
भारतले गर्यो सीएमएस-०३ उपग्रहको सफल प्रक्षेपण
नेपाल-भारतबीच संयुक्त लगानी सम्झौतामा हस्ताक्षर
भारत–चीनबीच ५ वर्षपछि प्रत्यक्ष हवाई उडान सुरु
एसिया कप : आज भारत र पाकिस्तान भिड्दै