लुटेरा समहुले प्रहार गरेको गोली लागि एक महिला घाईते

सफल खबर संवाददाता

मंगलबार, २५ जेठ २०७८, १० : ३९
लुटेरा समहुले प्रहार गरेको गोली लागि एक महिला घाईते

जलेश्वर । महोत्तरीमा लुटेराहरुले प्रहार गरेको गोली लागि एक महिला घाइते भएकी छन् । सोमबार राति लोहारपट्टी नगरपालिका वडा नम्बर ६ मा रामसरण साहको घरमा करिब ५–६ जनाको समूहमा हातहतियारसहित आएका लुटेराको समूहले लुटपाट गर्दै गोली प्रहार गरेको हो ।

गोली लागेर ४५ वर्षकी गायत्रीदेवी साह घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।  लुटेराहरूले घरमा लुटपाट गर्ने क्रममा रामसरणका श्रीमती गायत्रीले गुहार गर्दै हल्ला गर्दा उनी माथि गोली प्रहार गरेका हुन् ।

गोली लागि घाइते भएकी गायत्रीको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको प्रवक्ता विष्टले जानकारी दिए । लुटेराहरूले उनको घरबाट नगदसहित करिब १ लाख बराबरको समान लगेको प्रवक्ता विष्टले बताए । 

प्रतिक्रिया दिनुहोस