माओवादी केन्द्रले गर्यो सबै प्रदेशका लागि स्वास्थ्य सामग्री हस्तान्तरण

सफल खबर संवाददाता

सोमबार, २४ जेठ २०७८, १६ : ३४
माओवादी केन्द्रले गर्यो सबै प्रदेशका लागि स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । नेकपा माओवादी केन्द्रले सबै प्रदेशका लागि स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

Yeti Diistillery Tansen Cement box

कोभिड १९ का विरुद्ध प्रयोग हुने विभिन्न स्वास्थ्य सामग्रीहरु माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका प्रदेश इन्चार्जमार्फत् सबै प्रदेशका लागि हस्तान्तरण गरेका हुन् । सो स्वास्थ्य सामग्रीहरु चीन , माओवादी केन्द्र प्रवास समन्वय कमिटी र पार्टीको स्वास्थ्य विभाग÷संगठनबाट प्राप्त भएको जनाइएको छ ।

सामग्रीहरु एन ९५ मास्क, अक्सिजन जेनेरेटर, एन्टिजीन, थर्मल गन। अक्सिमिटर, खालि अक्सिजन सिलिण्डर र भरेको अक्सिजन सिलिण्डर, पिपिइ सेट, सर्जिकल ग्लब्स, सेनिटाइजर,  फेस सिल, केएन ९५ मास्क रहेका छन् । 

प्रतिक्रिया दिनुहोस