काठमाडौंमा भेरोसेलको पहिलो डोज खोप जेठ २५ देखि २९ गतेसम्म लगाइने

सफल खबर संवाददाता

सोमबार, २४ जेठ २०७८, १३ : ०५
काठमाडौंमा भेरोसेलको पहिलो डोज खोप जेठ २५ देखि २९ गतेसम्म लगाइने

काठमाडौं ।चीनको सिनोफार्म कम्पनीले उत्पादन गरेको भरोसेल खोप ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई लगाइने भएको छ ।

काठमाडौं महानगरपालिको खोप तालिका सार्वजनिक गर्दै जेठ २५ गतदेखि जेठ २९ गतेसम्म बसोबास गरिरहेको वडा नजिकको खोप केन्द्रमा खोप लगाइने जनाएको छ ।

६४ वर्ष उमेरकालाई जेठ २५ गते, ६३ वर्षको लागि जेठ २६ गते, ६२ वर्षकोलाई जेठ २७ गते, ६१ वर्षकोलाई जेठ २८ गते र ६० वर्षकोलाई जेठ २९ गते लगाइने भएको छ ।

बिहान १० देखि ४ बजेसम्म खोप केन्द्रमा खोप लगाइने भएको छ । उमेर खुलेको फोटोसहितको सरकारी कागजात लिएर तोकिएको मितिमा खोप लगाउन भनिएको छ ।

कोभिड–१९ संक्रमण भएका व्यक्तिलाई १ महिनापछि खोप लगाउन भनिएको छ । भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो खोप नलगाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस