आक्रमणको सयुक्त राष्ट्रसंघका महासचिवद्वारा निन्दा

शुक्रबार, २३ चैत्र २०७४, १७ : ४२
आक्रमणको सयुक्त राष्ट्रसंघका महासचिवद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले माली शान्तिदूतमाथि भएको मोर्टास् आक्रमणको कडा शब्दमा निन्दा गर्नुभएको भएको छ । यस आक्रमणमा परी दुई व्यक्तिको मृत्यु हुनाका साथै अन्य १० घाइते भएका छन् । महासचिवका प्रवक्ता स्टेफन डुजारिकका अनुसार महासचिव गुथे्रसले संयुक्त राष्ट्रसंघको मालीमा रहेको मिसन मिनुस्माविरुद्ध भएको यस आक्रमणको कडा शब्दमा निन्दा गर्नुभएको छ ।

गुथे्रसका अनुसार यस प्रकार कुनै पनि देशको शान्तिदूतमाथि हुने आक्रमण अन्तर्राष्ट्रिय कानूनका विरुद्धमा र युद्ध अपराधमा पर्छ । ती शान्तिदूत माली सरकार र त्यहाँका जनातालाई सहयोग गर्नमात्र राष्ट्रसंघले त्यहाँ पठाएको उहाँले बताउनुभएको छ ।

मालीमा शान्तिसेनाका रुपमा रहेर काम गर्न अति नै डरलाग्दो हुँदै गएको छ । सन् २०१३ बाट मालीमा शान्ति सेनाले सेवा शुरु गरेका हुन् र त्यसयता १५० भन्दा बढीको मृत्यु भइसकेको छ । गत महिनाको मध्यतिर पनि मालीमा भएको शान्ति सेनाको सवारी साधानलाई लक्षित गरी एक बम विष्फोटमा परी चार शान्ति सेनाको मृत्यु भएको थियो ।  (रासस÷सिन्ह्वा)

प्रतिक्रिया दिनुहोस