माधव पक्षमै रहेको संकेत गर्दै नेता गोकर्ण विष्टले भने : ‘पार्टी एकताका लागि अन्तिम सम्म प्रयास गर्छु’

सफल खबर संवाददाता

विहीबार, २० जेठ २०७८, १० : ४९
माधव पक्षमै रहेको संकेत गर्दै नेता गोकर्ण विष्टले भने : ‘पार्टी एकताका लागि अन्तिम सम्म प्रयास गर्छु’

काठमाडौँ । नेकपा एमालेका नेता गोकर्ण विष्टले आफू पार्टी एकताका लागि अन्तिमसम्म प्रयासरत रहने भन्दै  केही सञ्चारमाध्यममा अर्को ‘पक्ष’ मा लागेको भन्दै आएका समाचारप्रति आपत्ति जनाएका छन् ।

सामाजिकस संजाल मार्फत प्रतिक्रिया व्यत्तः गर्दै उनले  ‘नेकपा एमालेको एकता जोगाउन भैरहेको प्रयासलाई कमजोर पार्ने दुराशयले मेरो नाम समेत जोडेर केही सञ्चार माध्यमहरूमा भ्रमपूर्ण समाचार प्रकाशित गरिएका छन् । एकताका लागि गरिएका इमान्दारपूर्ण प्रयासहरूलाई कमजोर पार्न कसले, किन र कसका लागि यस्ता झुठा प्रचार गराउँदै छन् ? समयले नै बताउला ।’

उनले पार्टी र जनसंगठनका सबै तहका कमिटिहरुलाई २०७५ जेठ २ गतेको पूर्ववत अवस्थामा फर्काउनु पर्ने पूर्ववर्ती शर्त पुनः उल्लेख गरेका छन् ।
उनले लेखेका छन्, ‘कमिटिहरूलाई २०७५ जेठ २ गतेको पूर्ववत अवस्थामा फर्काएर राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिष्ट आन्दोलनको हितमा सही विचार र कार्यदिशा सहितको सबल एवं एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्ने हाम्रो चाहना हो । हामी यसमा निरन्तर प्रयत्नशील छौँ । अन्तिमसम्म लागिरहनेछौँ । पार्टीको सम्पूर्ण एकता नै हाम्रो विश्वास हो । हाम्रो अडान हो ।’

आफू नेता माधवकुमार नेपाल पक्षमै रहेको सन्देश पनि प्रवाह उनले यो भनाईसँगै प्रवाह गरेका छन् । 

प्रतिक्रिया दिनुहोस