आजको मौसम कस्तो रहला ?

सफल खबर संवाददाता

विहीबार, २० जेठ २०७८, ०७ : ५५
आजको मौसम कस्तो रहला ?

काठमाडौं । हाल देशमा पश्चिमी वायु, स्थानीय वायु र भारतको पश्चिम बंगाल तथा यसको आसपास बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव मौसममा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

 महाशाखाका अनुसार बिहीबार दिनभर प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ । यस्तै प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

यस्तै पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया सफा रहनेछ । यस्तै  प्रदेश १ का एक दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ। 

प्रतिक्रिया दिनुहोस