प्रधानन्यायाधीश राणा र सर्वोच्च बारका अध्यक्षबीच छलफल

सफल खबर संवाददाता

मंगलबार, १८ जेठ २०७८, ११ : ३०
प्रधानन्यायाधीश राणा र सर्वोच्च बारका अध्यक्षबीच छलफल

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा र सर्वोच्च बारबीच छलफल भइरहेको छ । इजलास गठनका विषयमा उठेका प्रश्न तथा विवाद निवारणका सम्बन्धमा राणा र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यबीच छलफल भइरहेको हो ।

संवैधानिक इजलास पुनर्गठनका सम्बन्धमा सुझाव दिनका लागि सर्वोच्च बारका प्रतिनिधिले प्रधानन्यायाधीश जबरासँग भेटेका हुन् ।

दोस्रोपटक गरिएको प्रतिनिधिसभा विघटनसँग सम्बन्धित ३० वटा रिट निवेदनको सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफूसहित न्यायाधीशहरु दीपककुमार कार्की, आनन्द मोहन भट्टराई, केसी र श्रेष्ठ रहेको इजलास तोकेका छन् । मंगलबार पनि सोही इजलासले निरन्तरता पाएको छ ।

शेरबहादुुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै रिट दायर गर्ने १४६ जना सांसद वकिलहरुले नेकपा एकता बदर गर्ने न्यायाधीश बमकुमार श्रेष्ठ र पुनरावलोकनको निस्सा नदिने तेजबहादुर केसीबाट निष्पक्ष सुनुवाइ हुन नसक्ने दाबी गर्दै इजलास छाड्न दबाब दिएका छन् ।

प्रतिक्रिया दिनुहोस