काठमाडौं । नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले एमालेका नेता तथा पूर्वमन्त्री महेश बस्नेत दिउँसै गाँजा खाएर बोल्न थालेको टिप्पणी गरेका छन्।
कांग्रेस नेता खतिवडाले सामाजिक सञ्जालमार्फत् यस्तो टिप्पणी गर्दै भनेका छन्–‘महेश बस्नेत भन्ने पूर्वमन्त्री र माननीय दिउँसै गाँजा खाएर गफ दिन थालेछन्। कांग्रेस फुटाउने रे ? आफ्नो पार्टी दुईतिहाइबाट अल्पमतमा पुगेर आफैंले एमालेबाट केही नेतालाई (माझ समुह) हटाइएको अनि राष्ट्रपतिको सहाराले अध्यादेशमा अपहरणमार्फत देश चलाएको बिर्से कसो ? अपहरण बन्द गर ?’
एमाले नेता बस्नेतले नेपाली कांग्रेस पार्टी फुटाइदिने हैसियत भएको टिप्पणी सञ्चारमाध्यममा आएपछि नेता खतिवडाले यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन्। सोमबार आयोजित युवा संघको कार्यक्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई फुटाइदिने नेता बस्नेतले चेतावनी दिएका थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १८ जेठ २०७८, १० : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडाले दिए उम्मेदवारी
कांग्रेसले संसदीय सुनुवाइ समितिको सभापति रामहरि खतिवडालाई बनाउने
सुनुवाइ समितिमा रामहरि खतिवडालाई लैजाने तयारी
रामहरि खतिवडाले सभामुखलाई बुझाए राजीनामा
रामहरि खतिवडालाई राजीनामा दिन लगाउने काँग्रेसको तयारी
संसदमा ठूलो ड्रोन कहाँबाट आएर खस्यो ? भन्दै रामहरि खतिवडाको प्रश्न