काठमाडौँ। नेपाली काँग्रेसले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई राजीनामा दिन निर्देशन दिने भएको छ ।
संघीय निजामती सेवा विधेयकमा कुलिङ अफ पिरियडमा भएको चलखेलमा समिति सभापति खतिवडाले नैतिक जिम्मेवारी लिनुपर्ने संसदीय समितिले ठहर गरेको थियो । काँग्रेस सहमहामन्त्री जीवन परियारको नेतृत्वमा गठित छानबिन समितिले खतिवडा जिम्मेवारी रहेको प्रतिवेदन पेश गरेको थियो ।
राज्य व्यवस्था समितिबाट पारित भएको विधेयकमा व्यवस्था गरिएको कुलिङ अफ पिरियडको व्यवस्था निष्क्रिय हुने गरी प्रतिनिधि सभाबाट पास भएपछि खतिवडा विवादमा परेका थिए । खतिवडाले पदबाट राजीनामा दिनुपर्ने विचार पार्टीभित्र र बाहिरबाट आइरहेको छ ।
काँग्रेस स्रोतका अनुसार खतिवडालाई राजीनामा दिनका लागि पार्टीले १/२ दिनमा निर्देशन दिने भएको छ । खतिवडालाई समिति सभापतिबाट राजीनामा दिने गरी निर्देशन दिनका लागि पार्टी शीर्ष नेतामा समेत सहमति बनेको सभापति देउवा निकट एक शीर्ष तहका नेताले जानकारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २४ साउन २०८२, १३ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडाले दिए उम्मेदवारी
कांग्रेसले संसदीय सुनुवाइ समितिको सभापति रामहरि खतिवडालाई बनाउने
सुनुवाइ समितिमा रामहरि खतिवडालाई लैजाने तयारी
रामहरि खतिवडाले सभामुखलाई बुझाए राजीनामा
संसदमा ठूलो ड्रोन कहाँबाट आएर खस्यो ? भन्दै रामहरि खतिवडाको प्रश्न
‘पार्टी निर्देशन आयो भने समिति सभापति छोड्न तयार छु’: रामहरि खतिवडा