काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिको सभापतिमा कांग्रेसका रामहरि खतिवडाले मनोनयन दर्ता गरेका छन् ।
निजामती सेवा विधेयकको प्रतिवेदनमा ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधान राख्दा छलछाम गरेकोमा संसदीय छानबिन समितिले उनलाई जिम्मेवार ठहर्याएको थियो ।
त्यसपछि उनले समितिको सभापतिबाट राजीनामा दिएका थिए । राजीनामा दिए लगत्तै उनलाई संसदीय सुनुवाइ समितिको सदस्य बनाइएको थियो ।
राज्य व्यवस्था समितिबाट खतिवडाले राजीनामा दिएपछि संसदीय सुनुवाइ समितिकी सभापति इश्वरी न्यौपानेलाई त्यहाँ लगिएको थियो ।अहिले न्यौपाने विगत सभापति रहेको ठाउँमा खतिवडालाई ल्याउन लागिएको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १९ भदौ २०८२, १६ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सभापति चयन गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
संसदीय सुनुवाइ समितिको सभापति रामहरि खतिवडा निर्विरोध
संसदीय सुनुवाइ समिति सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै
प्रस्तावित न्यायाधीश र न्याय परिषद् सदस्यको नाम अनुमोदन
माओवादी सांसदले गरे संसदीय सुनुवाइ समितिको बैठक बहिस्कार
प्रस्तावित न्यायाधीशविरुद्ध उजुरी दिनेहरूसँग छलफल गर्दै सुनुवाइ समिति