काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले जनमत प्रभावित पार्ने दुरासययुक्त बजेट ल्याएको टिप्पणी गरेको छ । सोमबार संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरेर सरकारले देखिने मूर्त, ठोस उपलब्धीबिना नै ऋण भार बढाएको बताएको छ । मौजुदा सरकारले कार्यकाल सुरु गर्दा ८ अर्ब ऋण रहेकोमा अहिले बढेर झण्डै १६ सय अर्ब पुगेको बताएको छ ।
नेपाली कांग्रेसले सरकारले बजेटमा कुनै नयाँ कार्यक्रम नसमेटेको बताएको छ । सरकारले हचुवाका भरमा केही कार्यक्रम सुरु गरेको र त्यसले दीर्घकालीन रूपमा प्रभाव नपार्नेसमेत निष्कर्ष निकालेको छ ।
कोरोनाबाट अर्थतन्त्र उकास्न कुनै योजना अघि नसारेकोमा उसले असन्तुष्टि जनाएको छ ।कांग्रेसको पत्रकार सम्मेलन जारी छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ जेठ २०७८, १४ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस