काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले जनमत प्रभावित पार्ने दुरासययुक्त बजेट ल्याएको टिप्पणी गरेको छ । सोमबार संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गरेर सरकारले देखिने मूर्त, ठोस उपलब्धीबिना नै ऋण भार बढाएको बताएको छ । मौजुदा सरकारले कार्यकाल सुरु गर्दा ८ अर्ब ऋण रहेकोमा अहिले बढेर झण्डै १६ सय अर्ब पुगेको बताएको छ ।
नेपाली कांग्रेसले सरकारले बजेटमा कुनै नयाँ कार्यक्रम नसमेटेको बताएको छ । सरकारले हचुवाका भरमा केही कार्यक्रम सुरु गरेको र त्यसले दीर्घकालीन रूपमा प्रभाव नपार्नेसमेत निष्कर्ष निकालेको छ ।
कोरोनाबाट अर्थतन्त्र उकास्न कुनै योजना अघि नसारेकोमा उसले असन्तुष्टि जनाएको छ ।कांग्रेसको पत्रकार सम्मेलन जारी छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ जेठ २०७८, १४ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने
काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने कांग्रेसको सहमति
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा