काठमाडौं । नेपाली काँग्रेसले सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको सन्दर्भमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने भएको छ । सिंहदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा (आज) सोमबार दिउँसो पत्रकार सम्मेलन गरेर सरकारद्वारा प्रस्तु बजेटबारे काँग्रेसले धारणा प्रस्तुत गर्न लागेको हो ।
संसदमा पेस गर्नुपर्ने अध्यादेशबाट बजेट आएर संविधान उल्लंघन गरेको काँग्रेस सम्मिलित गठबन्धनको ठहर छ । आइतबार काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाको बैठकले अध्यादेशबाट बजेट ल्याएकोमा विरोध जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ जेठ २०७८, १० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्ने
काँग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
क्रियाशील सदस्यता नवीकरणको म्याद थप गर्ने कांग्रेसको सहमति
उपसभापति र महामन्त्रीसँग छलफल गर्दै कांग्रेस सभापति देउवा