काठमाडौं । नेपाली काँग्रेसले सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको सन्दर्भमा पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने भएको छ । सिंहदरबारस्थित आफ्नो संसदीय दलको कार्यालयमा (आज) सोमबार दिउँसो पत्रकार सम्मेलन गरेर सरकारद्वारा प्रस्तु बजेटबारे काँग्रेसले धारणा प्रस्तुत गर्न लागेको हो ।
संसदमा पेस गर्नुपर्ने अध्यादेशबाट बजेट आएर संविधान उल्लंघन गरेको काँग्रेस सम्मिलित गठबन्धनको ठहर छ । आइतबार काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको काँग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष, जसपाको उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाको बैठकले अध्यादेशबाट बजेट ल्याएकोमा विरोध जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ जेठ २०७८, १० : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छ : सभापति थापा
काँग्रेसको असन्तुष्ट पक्षलाई पठाएको ७ बुँदे प्रस्ताव सार्वजनिक
कांग्रेसमा एक लाख ४९ हजार ३०९ जनाको क्रियाशील सदस्यता नविकरण गर्न म्याद थप
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस