काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटि बैठक पुनः सरेको छ । आइतबार बस्ने भनिएको बैठक सोमबार बिहान १० बजेका लागि सारिएको थियो । तर आजको निर्धारित बैठक फेरि भोलि अर्थात मंगलबारका लागि सारिएको छ ।
बैठक मंगलबार बिहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जनाइएको छ । बैठकमा स्पष्टीकरण सोधिएका नेताहरुलाई कारवाही गर्नेसहित पछिल्लो राजनीतिक अवस्थाबारे पनि छलफल हुने जनाइएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन रहेको भन्दै हस्ताक्षर गरेका १२ सांसदसँग एमालेले स्पष्टीकरण मागेको थियो । स्पष्टिकण सोधिएका सांसदहरुले भने त्यसको जवाफल बुझाएका छैनन् ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ जेठ २०७८, ०८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने
एमाले केन्द्रीय कमिटीको पहिलो बैठक सुरु
विद्या भण्डारीलाई एमाले इन्ट्री ‘झन्’ सकस !
एमाले महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित : जेनजीका माग पूरा गर्ने प्रतिबद्धता
एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज
एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी