काठमाडौँ । नेकपा एमालेको स्थायी कमिटि बैठक पुनः सरेको छ । आइतबार बस्ने भनिएको बैठक सोमबार बिहान १० बजेका लागि सारिएको थियो । तर आजको निर्धारित बैठक फेरि भोलि अर्थात मंगलबारका लागि सारिएको छ ।
बैठक मंगलबार बिहान ११ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने जनाइएको छ । बैठकमा स्पष्टीकरण सोधिएका नेताहरुलाई कारवाही गर्नेसहित पछिल्लो राजनीतिक अवस्थाबारे पनि छलफल हुने जनाइएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन समर्थन रहेको भन्दै हस्ताक्षर गरेका १२ सांसदसँग एमालेले स्पष्टीकरण मागेको थियो । स्पष्टिकण सोधिएका सांसदहरुले भने त्यसको जवाफल बुझाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ जेठ २०७८, ०८ : ३९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)