काठमाडौं । अर्थविद्ले आगामी वर्ष २०७८÷०७९ को बजेटले विगतकै योजनालाई निरन्तरता दिएको बताएका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आज आयोजना गर्नुभएको ‘बजेटले वर्तमान आर्थिक अवस्था र महामारीसँग लड्न सक्छ ?’ विषयको भर्चुअल अन्तक्र्रियामा अर्थविद्ले बजेटले खासै नयाँ योजना नल्याएको बताएका हुन् ।
कार्यक्रममा नेता कोइरालाले कामचलाउ सरकारले ल्याएको बजेटले काम नगर्ने बरु संसद् पुनःस्थापना भएर अर्को सरकारले पूर्ण बजेट ल्याउने विचार व्यक्त गरे ।
काग्रेसका नेता तथा पूर्वस्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गगनकुमार थापाले कोरोनाको उपचारका लागि अहिलेको अवस्थामा अस्पतालमा चिकित्सक थप्न सरकारलाई आग्रह गरे ।
काग्रेस केन्द्रीय सदस्य डा चन्द्र भण्डारीले कोरोनाका कारण धेरै नेपालीले रोजगारी गुमाएको तर यसलाई सम्बोधन गर्ने खालको बजेट आउन नसकेको बताए । पूर्वअर्थराज्यमन्त्री भरतकुमार शाहले मुलुकको अर्थतन्त्र कोरोनाका कारण ध्वस्त भएको बेलामा यति ठूलो बजेट ल्याउनु गैरजिम्मेवारी काम भएको बताए ।
राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा जगदीशचन्द्र पोखरेल र डा गोविन्दराज पोखरेलले बजेट राजनीतिमुखी भएको आरोप लगाउँदै पूर्वअध्ययनविना नै योजना समावेश गरिको बताए । राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले राजनीतिक दलले भन्दा पनि व्यक्तिले लाभ लिने खालको बजेट आएको भनाइ राखे ।
कार्यक्रममा राष्ट्रिय वाणिज्य बैँकका पूर्वअध्यक्ष डा रवीन्द्र पाण्डे, व्यवसायी नरेश श्रेष्ठ, अर्थविद् डा विश्व पौडेल, राजु नेपाल, दधि अधिकारी, आर्थिक पत्रकारद्वय पुष्पराज आचार्य, कृष्ण आचार्यलगायतले सरकारले घोषणा गरेको बजेट कार्यान्वयन हुन नसक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, १६ जेठ २०७८, २१ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बजेटलाई जनमुखी बनाउन एमाले शीर्ष नेताहरूको सुझाव
बजेट तयारीबारे मन्त्री र सचिवहरूसँग छलफल गर्दै प्रधानमन्त्री
शक्तिशाली सरकार बजेट खर्चमा चुक्यो, कुल बजेटको आधा पनि खर्च भएन
अर्थ मन्त्रालयद्वारा नयाँ बजेटको गृहकार्य तीव्र, स्रोतको चर्को चाप
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको बजेट र कार्यक्रम स्वीकृत
पुससम्म बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत