काठमाडौं । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।आज नेप्से १२.५४ अंकले बढ्दै २८२७.९३ विन्दुमा रोकिएको छ । नेप्सेले दैनिक कारोबार रकममा नयाँ–नयाँ रेकड बनाउँदै गएको छ ।
आज ४ करोड २६ लाख ३६ हजार ३४८ कित्ताको कारोबारमा १७ अर्ब २ करोड ८४ लाख ३२ हजार २४५ रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार अहिलेसम्मकै सार्वधिक कारोबार हो । यो भन्दा अघि गत विहीबार १४ अर्ब ७६ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज दर्जौनौ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा माथिले बढेको छ । आज ज्योती विकास बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको छ । आज नेश्नल हाइड्रो पावर कम्पनी लिमिटेडको ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ जेठ २०७८, १५ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कारोबारसँगै बढ्यो सेयर बजार
६.७४ अंकले बढ्यो नेप्से
सेयर बजार १.६६ अंकले घट्यो
सेयर बजार २६०६ अंकमा झर्यो
घट्यो सेयर बजार, ४ अर्ब ६६ करोडको कारोबार
सेयर बजारका सबै सूचक घटे