काठमाडौं । साताको कारोबारको पहिलो दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।आज नेप्से १२.५४ अंकले बढ्दै २८२७.९३ विन्दुमा रोकिएको छ । नेप्सेले दैनिक कारोबार रकममा नयाँ–नयाँ रेकड बनाउँदै गएको छ ।
आज ४ करोड २६ लाख ३६ हजार ३४८ कित्ताको कारोबारमा १७ अर्ब २ करोड ८४ लाख ३२ हजार २४५ रुपैयाँ बराबरको कारोबार भएको छ । यो कारोबार अहिलेसम्मकै सार्वधिक कारोबार हो । यो भन्दा अघि गत विहीबार १४ अर्ब ७६ करोड ८८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज दर्जौनौ कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा माथिले बढेको छ । आज ज्योती विकास बैंकको शेयर मूल्य १० प्रतिशतले बढेको छ । आज नेश्नल हाइड्रो पावर कम्पनी लिमिटेडको ४७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ जेठ २०७८, १५ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेप्से २७ अंक बढ्दा साढे १० अर्बको कारोबार
नेप्से बढ्यो, कारोबार रकम घट्यो
सेयर बजारमा सामान्य ‘करेक्सन’
कारोबारसँगै बढ्यो सेयर बजार
दोहोरो अंकले घट्यो नेप्से
कारोबारसँगै बढ्यो सेयर बजार