के सन्दीपले दिल्ली डेयरडेभिल्समा अफ्नो स्थान बनाउन् सक्लान ?

विहीबार, २२ चैत्र २०७४, २० : २७
के सन्दीपले दिल्ली डेयरडेभिल्समा अफ्नो स्थान बनाउन् सक्लान ?

काठमाडौँ । नेपाली युवा क्रिकेटर सन्दीप लामिछानेको चर्चा नेपालमा मात्र होईन यति बेला विश्वमा छ । सन्दीप लामिछानेलाइ भारतको दिल्ली डेयरडेभिल्सले उनलाई २० लाख भारुमा किने लगतै उनको चर्चा थप उचाईमा पुगेको हो । सन्दीप आइपिएलमा छानिने पहिलो नेपाली खेलाडी हुन् । यति बेला सन्दीप आईपिएलको लागि भारतमा अभ्यास गरि रहेका छन् ।
इन्डियन प्रिमियर लिग (आईपिएल) को ११ औँ संस्करण यही अप्रिल ७ गतेदेखि शुरु हुँदैछ । यसैबीच, उनी आबद्ध दिल्ली डेयरडेभिल्सले बिहिबार पत्रकार सम्मेलन गरेको छ । पत्रकार सम्मेलनमा पत्रकारले सन्दीपले टोलीमा स्थान बनाउने वा नबनाउने भन्ने बारे सोधेका थिए । प्रश्नबारे जवाफ दिँदै प्रशिक्षक रिकी पोन्टिङले सन्दीपको खुलेर तारिफ गरेका छन् । पोन्टिङले सन्दीपमा केही गरेर देखाउन उत्साह आफूले देखेको पनि जिकिर गरे ।

‘उनी हरेक दिन बलिङ गर्न चाहन्छन्’ पोन्टिङले भने, ‘ट्रेनिङ सेसनमा हामीले उनलाई बलिङ नगर समेत भन्न परेको थियो । किनभने उनले हरेक पटक बलिङ गरिरहेका थिए । यसले उनलाई थकाउन सक्थ्यो ।’ पोन्टिङले लिलामीको बेलामा नै सही विदेशी स्पीन बलरलाई टोलीमा समावेश गर्न पाए टोलीका लागि बलियो पक्ष हुने कुराबारे छलफल भएको उल्लेख गर्दै यसमा सन्दीप फिट भएको बताए ।

‘सन्दीप निकै राम्रो कौशल भएका स्पीनर हुन् । त्यही भएर हामीले उनलाई टोलीमा समावेश गरेका हौँ,’ उनले भने । के सन्दीपले टोलीमा स्थान बनाउँलान् भन्ने प्रश्नमा पोन्टिङले सन्दीप अहिलेका लागि उनी ‘फिनिस्ड प्रोडक्ट’ नभएको र उनी अझै सिकिरहेको र आफ्नो खेल विकास गरिरहेको बताए । साथै, प्रतियोगिताको कुनै पनि समयमा उनले खेल्ने सम्भावना प्रबल रहेको पनि जानकारी दिए ।

‘उनले प्रशिक्षणको दौरान राम्रो बलिङ गरिरहेका छन्,’ पोन्टिङले भने, ‘यदी उनले यो कुरा बुझेर अहिलेको प्रयासलाई निरन्तरता दिए । उनी अवश्य पनि खेल्नेछन् ।’ उनले आफू सन्दीपसँग काम गर्न म निकै उत्साहित भएको कुरा पनि उल्लेख गरेका थिए । दिल्लीले आइतबार किङ्ग्स इलेभेन पञ्जाबको सामना गर्दै आइपीएलको सुरुवात गर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस