काठमाडौं । सरकारले २०८८ सालसम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन विस्थापन गर्ने भएको छ । विद्युतीय सवारी साधन ल्याएर ्पेट्रोलबाट चल्ने सबै सवारी साधन विस्थापन गर्ने नीति सरकारले लिएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८ र ७९ को बजेट प्रस्तुत गर्दै २०८८ सालसम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले विस्थापन गर्ने नीति लिने बताए । त्यसका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गर्ने पनि पौडेलले जानकारी दिए ।
सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले विस्तार गर्न चाहेमा ५ वर्षसम्म नवीकरण शुल्कमा छुट दिने मन्त्री पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १५ जेठ २०७८, १७ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ट्राफिक नियम उल्लङ्घन गरेको आरोपमा १५० सवारी साधन होल्ड
हराएका २७ ओटा दुई पाङग्रे सवारी साधन धनीलाई हस्तान्तरण
दरबारमार्ग क्षेत्रमा सवारी आवागमन प्रभावित