तम्घास । नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखाका एम्बुलेन्स चालक लालबहादुर खत्रीलाई कुटपिट गर्ने व्यक्ति पक्राउ परेका छन् ।
जिल्लाको रेसुङ्गा नगरपालिका –१ धागिथुमका अन्दाजी २५ वर्षका सागर बोहोरालाई बिहिबार प्रहरीले पक्राउ गरेको हो । उनले मङ्गलबार राति एम्बुलेन्स चालक खत्रीलाई कुटपिट गरेका थिए ।
पीडित खत्रीको परिवारले दिएको ठाडो निवेदनका आधारमा बोहोरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी पुरुषोत्तम प्रसाद पाण्डेले जानकारी दिए । घाइते खत्रीको अहिले लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ । बोहोरालाई केही दिन हिरासतमै राख्ने र छलफलपछि मुद्धा चलाउने वा नचलाउने भन्ने विषयमा टुङ्गो लाग्ने सूचना अधिकारी पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस
रासस
शुक्रबार, १४ जेठ २०७८, १५ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१२ लाख मूल्य बराबरको साउदी रियालसहित एकजना पक्राउ
बैंकिङ कसुरमा वडाध्यक्ष महतो पक्राउ
नक्कली लाइसेन्स बोकेर १७ वर्षसम्म विमान उडाउने पाइलट वाल पक्राउ
जेन जेड आन्दोलनमा नख्खु कारागारबाट फरार कैदी म्याग्दीबाट पक्राउ
चितवनमा विभिन्न मुद्दाका १५ जना फरार प्रतिवादी पक्राउ
चेक अनादर मुद्दामा ग्रेटर नेपाल अभियन्ता फणिन्द्र नेपाल पक्राउ