चीनबाट दुई लाख खोप आइतबार नेपाल आउने

सफल खबर संवाददाता

शुक्रबार, १४ जेठ २०७८, १४ : ००
चीनबाट दुई लाख खोप आइतबार नेपाल आउने

काठमाडौँ । चीनबाट कोरोना भाइरसविरुद्धको दुई लाख खोप आइतबार नेपाल आउने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले कचीनका राष्ट्रपति सी चिनफिङ कुराकानी गरेपछि तत्काल चीन सरकारले घोषणा गरेको अनुदानको १० लाख डोजमध्ये २ लाख खोप आइतबार नेपाल आइपुग्ने भएको छ । 

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले स्वास्थ्य पत्रकारसँग गरेको जुम अन्तर्क्रियाका दुई लाख खोप आइतबार नै आउन लागेको बताए । उनका अनुसार मे ३० तारिख अर्थात् पर्सि तिब्बतबाट २ लाख खोप आउनेछ। त्यसपछि जुन १ वा २ तारिखमा थप ८ लाख खोप चीनबाट आउनेछ ।