काठमाडौं । हाल चक्रवात यास् पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव मौसममा रहेको छ। जसका कारण हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रहि धेरै स्थानहरूमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। यस्तै प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा भारी वर्षा र उच्च बेगको हावाहुरीको सम्भावना रहेको छ।
उच्च हिमाली तथा हाडी भूभागका धेरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र वर्षा तथा गण्डकी प्रदेशका केही स्थानहरू, बागमती प्रदेश, प्रदेश १ तथा सुदुरपश्चिम प्रदेशका उच्च हिमाली रपहाडी भूभागका एक दुई स्थानमा पनि भारी हिमपातको सम्भावना रहेको छ।
यसैगरी शुक्रबार राति पनि देशभर सामान्य देखि पूर्ण बदलि रहि धेरै स्थानहरूमा मेघगर्जनसहित वर्षाको सम्भावना रहने भएकाले सचेत रहन अनुरोध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ जेठ २०७८, ०८ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजको मौसम : यी प्रदेशहरुमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा हिमपातसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?