चीन, कतार र टर्की उडान खुला गर्ने मन्त्रिपरिषद्को निर्णय

सफल खबर संवाददाता

विहीबार, १३ जेठ २०७८, २१ : २३
चीन, कतार र टर्की उडान खुला गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले जेठ १८ गतेदेखि नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको छ । 

बिहीबारको मन्त्रीपरिषद बैठकले जुन १ (जेठ १८) देखि कतारको राजधानी दोहा, टर्किको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गरेको एक मन्त्रीले बताए । तीनै देशमा सातामा एउटा उडानमात्र खुला गरिएको हो ती मन्त्रीले बताए ।

नका अनुसार चार्टर उडानमा वायुसेवा र एजेन्टको मिलेमतोमा यात्रुलाई ठगिने क्रम नरोकिएपछि ३ वटै देशमा सातामा एउटा उडानका लागि खुला गरिएको हो । वैशाख १६ गतेदेखि निषेधाज्ञा लगाएको सरकारले वैशाख २० गते आन्तरिक र २३ गतेदेखि भारतबाहेक अन्य मुलुकका लागि हुने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो ।