काठमाडौँ । पूर्व अर्थमन्त्रीहरूले काम चलाउ सरकारले पूर्ण बजेट ल्याउन नमिल्ने बताएका छन् । पूर्व अर्थमन्त्री मञ्चको बिहीवार बसेको बैठकमा पूर्वअर्थमन्त्रीहरुले काम चलाउको बजेट ल्याउनमात्र सरकारलाई सुझाव दिए ।
हाल बहुमतको सरकार नरहेको, कामचलाउ सरकार रहेको, संसद् पुनःस्थापनाको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा यसबेला पूर्ण बजेट ल्याउन नमिल्ने पूर्वअर्थमन्त्रीहरुको भनाइ छ ।
बैठकमा पूर्व अर्थमन्त्रीहरू डा प्रकाशचन्द्र लोहनी, डा रामशरण महत, कृष्णबहादुर महरा, सुरेन्द्र पाण्डे र वर्षमान पुनले विश्वव्यापी मान्यता र प्रचलन बमोजिम पनि यस्तो अवस्थामा पूर्ण बजेट ल्याउन नमिल्ने बताए । अध्यादेशमार्फत बजेट ल्याउनै पर्ने बाध्यता भए पनि नियमित खर्चमात्रै गर्ने गरी कामचलाउ बजेट ल्याउने सुझाव दिए ।
कोभिड–१९ का कारण अर्थतन्त्रका प्रभावित क्षेत्रलाई राहत दिने गरी विशेष प्याकेज ल्याउनुपर्ने सुझाव पनि बैठकले दिएको छ ।
कोभिडबाट प्रभावित विपन्न वर्ग, अपांग, असहाय तथा बेरोजगार जनतालाई सम्बोधन गर्ने गरी सरकारले राहत प्याकेज ल्याउनुपर्नेमा उनीहरुले जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १३ जेठ २०७८, १४ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट
काठमाडौँ महानगरको बजेट आइतबार ल्याइने
सुदूरपश्चिमको बजेट प्रदेश सभाबाट पारित
बागमती प्रदेशसभा बैठक बस्दै, बजेटमाथि छलफल हुने
बागमती प्रदेशको बजेट, कुन जिल्लामा कति ?
महोत्तरीका १४ स्थानीय तहको बजेट साढे ९ अर्ब