‘पार्टी एकता जोगाउन अन्तिम क्षणसम्म प्रयास गर्छु’ : गोकर्ण विष्ट

सफल खबर संवाददाता

विहीबार, १३ जेठ २०७८, ०८ : २४
‘पार्टी एकता जोगाउन अन्तिम क्षणसम्म प्रयास गर्छु’ : गोकर्ण विष्ट

काठमाडौं । एमाले नेता तथा पूर्वमन्त्री गोकर्ण विष्टले पार्टी एकतालाई जोगाउन आफूहरुको तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहने बताएका छन् ।

त्यसका लागि नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काइनु पर्ने उनको भनाइ छ । ‘नेकपा एमाले र जनसंगठनका सबै तहका कमिटीहरुलाई २०७५ जेठ २ को पूर्ववत अवस्थामा फर्काएर पार्टी एकतालाई जोगाउन हाम्रो तर्फबाट अन्तिम क्षणसम्म इमान्दार प्रयत्न रहनेछ’, विष्टले बिहीबार सामाजिक सञ्जालमार्फत भनेका छन् । 

उनले राष्ट्र, जनता, लोकतन्त्र र कम्युनिस्ट आन्दोलनको रक्षाका लागि सही विचार र कार्यदिशा अवलम्बन गरेको सवल एवं एकीकृत पार्टीले मात्रै महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्न सक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस