काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उक्त भेटवार्ता राष्ट्रपति कार्यालय शीतल निवासमा ६ बजेदेखि ८ बजेसम्म भएको स्रोतले बताएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले ८ जेठमा प्रतिनिधि सभा विघटन गरेर मध्यावधि निर्वाचन घोषणा गरेकी थिइन् । त्यसविरुद्ध विपक्षी १४६ सांसदले सोमबार सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् ।
संसद विघटनबिरुद्ध विपक्षी दलहरुको राजनीतिक र कानुनी दबाबका कारण राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओली दबाबमा छन् । यससम्बन्धमा सर्वोच्चमा ३० रिट दायर भएका छन् । ती रिटको प्रारम्भिक सुनुवाइ बिहीबार र शुक्रबार तोकिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १२ जेठ २०७८, २१ : २८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पूर्वराष्ट्रपति भण्डारीबाट सरकारी सेवासुविधा फिर्ता
विद्यादेवी भण्डारीले पूर्वराष्ट्रपतिको हैसियतमा पाएको सरकारी सेवा सुविधा फिर्ता गर्ने
एमालेको राजनीतिमा सक्रिय भएको पूर्वराष्ट्रपति भण्डारीको घोषणा (पूर्णपाठ)
समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्य हासिल गर्न विज्ञान तथा प्रविधिको प्रयोग अपरिहार्य: पूर्व राष्ट्रपति भण्डारी
वाम एकताको सन्देशसहित चीनबाट स्वदेश फर्किदै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी
चीनपछि भारत भ्रमणको तयारीमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी