काठमाडौं । उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) मा जारी निषेधाज्ञा एक हप्ता थप्ने तयारी भएको छ। कोरोना संक्रमण रोकथामका लागि उपत्याकामा गत वैशाख १६ देखि निषेधाज्ञा जारी छ ।
यसअघि थपिएको निषेधाज्ञा जेठ १३ गते मध्यरातमा सकिँदै छ। संक्रमण जोखिम उच्च रहेकाले थप एक साता निषेधाज्ञा लगाउने तयारी गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले बताए। मंगलबार दिउँसो बस्ने उपत्यकाका सीडीओहरुको संयुक्त बैठकले निषेधाज्ञाबारे थप निर्णय गर्ने उनले बताए।
‘संक्रमणको जनेखिम कायमै रहेकाले निषेधाज्ञा एकसाता थप्ने तयारी गरेका छौं,’ एक सिडिओले भने, ‘थप निर्णय आजको संयुक्त बैठकले गर्नेछ।’
कोरोना संक्रमण अझै नियन्त्रणमा नआएकाले अझै केही समय निषेधाज्ञा जारी राख्नुपर्ने देखिएको उनको भनाई छ । संयुक्त बैठकले हालका प्रावधान तथा निषेधाज्ञाका समयमा गर्न पाउने तथा नपाउने नियममा समेत केही परिवर्तन गर्न सक्ने सीडीओ पराजुलीले बताए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ११ जेठ २०७८, १० : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनविरुद्धको सुरुवातमै काठमाडौंले गुमायो दुई विकेट
एनपीएल उद्घाटन खेलमा जनकपुरविरुद्ध टस जितेर फिल्डिङमा उत्रियो काठमाडौँ
काठमाडौँ-ग्वाञ्जाओ सिधा उडान बिहीबारदेखि
एनपीएलका लागि काठमाडौंले रिटेन गर्यो ६ खेलाडी
काठमाडौंका नगरप्रहरी प्रमुख राजु पाण्डे ६ महिनाका लागि निलम्बित
कश्मीरमा भएको आतंकारी हमलाको विरोधमा काठमाडौंमा प्रदर्शन