काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले संविधानविरोधी, गैरजिम्मेवार, अयोग्य, अहंकारी प्रधानमन्त्री प्राप्त गर्नुपर्ला भन्ने कल्पना नभएको बताएका छन् ।
सोमबार संसद विघटनविरुद्ध रिट दायर गर्न गएका बेला सर्वोच्च अदालत प्रांगणमा पत्रकारसँग कुरा गर्दै नेता थापाले यस्तो संविधानविरोधी र गैरजिम्मेवारी प्रधानमन्त्री पाउनुपर्ला भन्ने कुरा संविधान लेख्ने बेला कल्पना नभएको बताए । उनले भने, ‘स्वेच्छाचारी कार्यकारी भएपछि पटक पटक न्यायालय आउनुपर्यो ।’अहंकारी प्रधानमन्त्रीका कारण पटक पटक न्यायालय आउनुपरेको बताएका छन् ।
संसदको अंकगणितका कारण धारा ७६(५) बाट बाहेक वैकल्पिक सरकार बन्ने अवस्था नदेखिएको भन्दै नेता थापाले सर्वोच्च अदालतले संविधानको धारा र गत वर्ष संसद विघटनको मुद्दामा गरेको संविधानको ब्याख्याका आधारमा फेरि संसद पुनर्थापना हुने विश्वास व्यक्त गरे ।‘सर्वोच्चले हाम्रो संवैधानिक हकमा दायाँबायाँ केही गर्दैन भन्ने विश्वास छ’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० जेठ २०७८, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले सदनमा माफी माग्नुपर्छ : गगन थापा
‘नागरिकको सर्वोच्चता काँग्रेसको पहिलो प्राथमिकता हो’: गगन थापा
बकर इद सम्पूर्ण जातजाति तथा धर्मावलम्बीहरूमा एकताको सन्देश दिन सफल : गगन थापा
पार्टी विधानविपरीत चल्नेलाई कारबाही हुन्छ: महामन्त्री गगन थापा
देशका मूल मुद्दामा केन्द्रित हुनुपर्नेमा गगन थापाको जोड
गगन थापाको अभिव्यक्तिप्रति पूर्णबहादुर खड्काकाे आपत्ति