काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले संविधानविरोधी, गैरजिम्मेवार, अयोग्य, अहंकारी प्रधानमन्त्री प्राप्त गर्नुपर्ला भन्ने कल्पना नभएको बताएका छन् ।
सोमबार संसद विघटनविरुद्ध रिट दायर गर्न गएका बेला सर्वोच्च अदालत प्रांगणमा पत्रकारसँग कुरा गर्दै नेता थापाले यस्तो संविधानविरोधी र गैरजिम्मेवारी प्रधानमन्त्री पाउनुपर्ला भन्ने कुरा संविधान लेख्ने बेला कल्पना नभएको बताए । उनले भने, ‘स्वेच्छाचारी कार्यकारी भएपछि पटक पटक न्यायालय आउनुपर्यो ।’अहंकारी प्रधानमन्त्रीका कारण पटक पटक न्यायालय आउनुपरेको बताएका छन् ।
संसदको अंकगणितका कारण धारा ७६(५) बाट बाहेक वैकल्पिक सरकार बन्ने अवस्था नदेखिएको भन्दै नेता थापाले सर्वोच्च अदालतले संविधानको धारा र गत वर्ष संसद विघटनको मुद्दामा गरेको संविधानको ब्याख्याका आधारमा फेरि संसद पुनर्थापना हुने विश्वास व्यक्त गरे ।‘सर्वोच्चले हाम्रो संवैधानिक हकमा दायाँबायाँ केही गर्दैन भन्ने विश्वास छ’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १० जेठ २०७८, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेस बैठकमा गगन थापाको नयाँ प्रस्ताव
भदौ २३ गतेको घटनाको जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छः गगन थापा
निर्वाचनबाट जुन पार्टीले फाइदा लिए पनि देशलाई जिताउने काम कांग्रेसको हो: गगन थापा
सभापतिको उम्मेदवार हुँ, छलफलपछि कार्यक्रम ल्याउँछु: गगन थापा
१६५ निर्वाचन क्षेत्रमा दुई दिनभित्र नयाँ सदस्यता फाराम पठाउन गगन थापाको निर्देशन
सभापति पदको उम्मेदवार हुने गगन थापाको घोषणा