‘सौ चुहा खा के, बिल्ली हजको चली’ प्रधानमन्त्री ज्यू, यो कहावत यहाँकै लागि रहेछ : काँग्रेस प्रवक्ता शर्मा

सफल खबर संवाददाता

सोमबार, १० जेठ २०७८, ०९ : २३
‘सौ चुहा खा के, बिल्ली हजको चली’ प्रधानमन्त्री ज्यू, यो कहावत यहाँकै लागि रहेछ : काँग्रेस प्रवक्ता शर्मा

काठमाडौं । प्रमुख प्रतिपक्ष काँग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले काँग्रेस प्रचण्डपथमा लागेको प्रधानमन्त्री केपी ओलीले भनाई प्रति कडा टिप्पणी गरेका छन् ।

सामाजिक संजालमा ट्वीट गर्दै सोमबार बिहान प्रवक्ता शर्माले प्रधानमन्त्रीको आरोपलाई ‘सौ चुहे खा के बिल्ली चली हज को’ भन्दै टिप्पणी गरेका हुन् । प्रधानमन्त्री ओलीको भनाइप्रति लक्षित गरी शर्माले ट्वीटमा भनेका छन्, ’ताज्जुब लाग्छ, तपाईंकै शैलीमा मलाई अचम्म लाग्छ ! हिजो प्रचण्डसँग पार्टीकै एकता निकै गौरवसँग गर्नुभएको थियो। आज मुद्दामा मात्रै कांग्रेसको कुरा प्रचण्डसँग मिल्दा, प्रचण्डपथमा पो लाग्यो ? सौ चुहे खा के बिल्लि चलि हज को चली भन्ने कहावत यहाँकै लागि रहेछ नि, प्रधानमन्त्री ज्यु ।’

प्रधानमन्त्री ओलीले आइतवार एक कार्यक्रममा लोकतान्त्रिक शक्ति मानिने कांग्रेसलाई प्रचण्डपथमा लागेको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस