काठमाडौं । बागमती प्रदेशसभाको ८ औं अधिवेशन जेठ १६ गतेका लागि आह्वान गरिएको छ ।बागमती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले नेपालको संविधानको धारा १८३ को उपधारा १ को बमोजिम जेठ १६ गते दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका हुन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सिफारिस अनुसार प्रदेश प्रमुख प्रसाईले बैठक आह्वान गरेका हुन् ।मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभामा नीति, कार्यक्रम तथा आर्थिक प्रक्षेपणका विषयमा छलफल गर्ने क्रममा बैठक आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गरेका थिए ।
बागमती प्रदेशको आगामी वर्षको नीति तथा कार्यक्रम र बजेका विषयमा छलफल गर्न बैठक आह्वान गरिएको बागमती प्रदेश प्रमुख कार्यालय हेटौंडाले जनाएको छ ।
बागमती प्रदेशसभाको ७ औं अधिवेशन बैठक गत बैशाख ९ गते अन्त्य गरिएको बागमती प्रदेश प्रमुख सचिवालयका कानुन अधिकृत राजेश कुमार तामाङले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०९ जेठ २०७८, १६ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती प्रदेशमा धान उत्पादन वृद्धि
रास्वपाले बागमती प्रदेश सभापति लामिछानेलाई सोध्यो स्पष्टीकरण
चालु आवको तीन महिनामा बागमती प्रदेश सरकारको खर्च ६.१९प्रतिशत
बागमती प्रदेशका सभामुखले बुझाए राजीनामा
बागमती प्रदेशभित्रका सबै पत्रकारको निःशुल्क स्वास्थ्य बिमा गरिने
मुख्यमन्त्री बानियाँद्वारा मन्त्रिपरिषद् विस्तार, आजै शपथ