प्रहरी जवानद्वारा झुण्डिएर आत्महत्या

सफल खबर संवाददाता

आइतबार, ०९ जेठ २०७८, १३ : ४९
प्रहरी जवानद्वारा झुण्डिएर आत्महत्या

रूपन्देही । बर्दियामा एक प्रहरी जवानले झुण्डिएर आत्महत्या गरेका छन् । कण्ठपुरस्थित कालिका प्रहरी चौकीमा कार्यरत पाल्पाका एक प्रहरी जवानले आत्महत्या गरेका छन् ।

बढैयाताल गाउँपालिका कण्ठपुरस्थित कालिका प्रहरी चौकीमा कार्यरत प्रहरी जवान कुशल खाम्चाले झुण्डिएर आत्महत्या गरेका हुन् ।

पाल्पा रम्भा गाउँपालिका घर भएका २५ वर्षीय खाम्चाले गएराति चौकी परिसरभित्रकै रुखमा झुन्डिएर आत्महत्या गरेको बर्दिया प्रहरीले जनाएको छ ।

कालिका प्रहरी चौकीमा कार्यरत प्रहरी जवानले पासो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले पुष्टि गरेका छन् ।

शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गुलरिया पुर्याइएको छ । घटनाका विषयमा अनुसन्धान भईरहेको डीएसपी शाहीले बताए ।

प्रतिक्रिया दिनुहोस